नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौँ, २८ साउन । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पु¥याइएपछि उनलाई पूजा नाम गरेकी महिला र  उनका श्रीमान्ले यौन व्यवसायमा लगाएका थिए ।

आफन्त नेपालमा  क्रियाशील नवीन जोशीका अनुसार  ती युवतीलाई एक एजेन्टले नै माया गर्ने नाटक गरेर राखेको तथा सोही काम गराउँदै पैसा आफैं लिने गरेपछि उनले आफू फसेको महसुस गरेकी थिइन् । स्वदेश फिर्तापछि ती महिलालाई हाल होम क्वारेन्टिनमा राखिएको छ ।

आफन्त नेपालका परामर्शकर्ता तथा उनको स्वदेश फिर्तीमा प्रत्यक्ष संलग्न लक्ष्मी विष्टका अनुसार उनको मानसिक स्थिति बिग्रिएको छ । उनका अनुसार थुप्रै औषधि प्रयोग गराइरहँदा मानसिक स्थिति बिग्रिएको देखिन्छ । तसर्थ उनलाई थप परामर्श र मायाको खाँचो छ । यसमा आफन्त र आफ्नो परिवारको भूमिका निकै महत्वपूर्ण भएकोले छिटोभन्दा छिटो परिवारको जिम्मा लगाइएको हो ।

आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले यस्तो विषम परिस्थितिमा पनि उनको उद्वारमा अहोरात्र खटिएका आफन्त नेपाल र रेस्क्यु फाउन्डेशनका उद्वारकर्ता र परामर्शकर्ता तथा स्वदेशफिर्तीमा सहयोग पु¥याउने नेपाली दूतावासप्रति आभार व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021