भक्तपुरमा एकै परिवारका चारसहित आठ जनामा कोरोना पुष्टि

भक्तपुर, २८ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटमा एकै परिवारका चारसहित आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दधिकोटको एउटै परिवारको आमा, दुई छोरी र एक छोरा गरी चारै जनामा कोरोना संक्रमण भएको पाइएको हो ।

काठमाडौंको सिनामंगलस्थित क्वारेन्टाइनमा बसेर दधिकोटस्थित घरमा फर्किएका उनीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसअनुसार ४४ वर्षीया आमा, २० र १५ वर्षीया दुई छोरी तथा तीन वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै चाँगुनारायण नपा ७ वागेश्वरीका श्रीमान श्रीमती पनि संक्रमित भएका छन् । यात्रा विवरण नभएका ५४ वर्षीय श्रीमान र ५३ वर्षीया श्रीमतीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुखले जानकारी दिए । यस्तै मध्यपुर थिमि नपा ४ नयाँ ठिमीकी ४८ वर्षीया गृहिणीमा पनि मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तराईबाट सूर्यविनायक नपा ३ बालकोटस्थित छोराको घरमा आएका ६० वर्षीय बुबामा पनि मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो सामान्य लक्षण आएपछि आठैजनाको परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्ट मंगलबार आउँदा पोजिटिभ आएको जनाइएको छ ।

अहिले आठैजना आआफ्नो घरमै सेल्फ आइसोलेसनमा बसेका छन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य भइरहेको छ । स्वस्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ। जसमध्ये ५० जनाले कोरोना जितेर घर फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021