बस दुर्घटना हुँदा तीनको मृत्यु, ३२ घाइते

डोटी, २८ साउन । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए ।

उनले भने, “हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौँ, घाइतेको सङ्ख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौँ ।” बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धुलिखेल, ८ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त

पोखरा, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ ।

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ

काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।