कोरोना संक्रमितले जन्माएको शिशुको मृत्यु

बाँके, २७ साउन । बाँकेको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुरमा कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु भएको छ ।

रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय महिलाले २४ गते राति २ किलो ७ सय ग्राम तौलको छोराको जन्म दिएकी थिइन् । उनको उपचारको क्रममा सोमबार बिहान एक बजे मृत्यु भएको अस्पतालका उप निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए ।

बच्चाले आमाको पेटमै दिसा गरेकोले अप्रेशन गरी निकालिएको भए पनि दिसा खाइसकेकोले बचाउन नसकिएको उनको भनाइ छ । ‘मिति पुगेर जन्मिएको हो । दिसा खाइसकेको हुनाले बचाउन सकिएन,’ उनले भने ।

महिला प्रसूति हुन भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी थिइन् । ज्वरो आएकोले  पीसीआर जाँच गर्दा उनको कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई शनिबार लेवल-३ अस्पताल कोहलपुर ल्याइएको थियो ।

मृत्यु भएपछि बच्चाको पीसीआर जाँच गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले जानकारी दिए ।

महिलाको श्रीमान पनि कोरोना पोजेटिभ छन् । उनी बाँकेमै आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021