नेपालमा कोरोना संक्रमितको संख्या ९१ हजारसम्म पुग्नसक्छ : मन्त्री ढकाल

काठमाडाैँ, २७ साउन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यही अवस्था रहे नेपालमा कोरोना संक्रमितको संख्या ९१ हजारसम्म पुग्ने प्रक्षेण गरेका छन ।

परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा बोल्दै उनले अहिले नेपालमा कोरोना भाइरसको संक्रमण हालसम्मकै उच्च वृद्धिदर र जोखिम पनि उत्तिकै रहेको बताउदै संक्रमित ९१ हजारसम्म पुग्ने अनुमान गरेका हुन  ।

उनले २५ देखि भाद्र २ सम्म कोरोना उच्च जोखिम हुने बिज्ञहरुले बताएको जानकारी दिए  । यद्यपि सरकार सामान्य स्थिती कामय गर्न भरपुर लागि परेको बताए । उनले भने, ‘हालसम्म नेपालका करीब २४ हजार संक्रमित रहेका छन्, कोरोना नियन्त्रणमा सरकार लागिरहेको छ ।’  ‘डिस्चार्ज भएका पनि ७३ प्रतिशतबाट घट्ने क्रममा रहेका छन् । सुरुबाटै पोजेटिभ केस थोरै देखिए पनि त्यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ। तर, मलाई लाग्छ सरकारले कोरोना नियन्त्रणमा सक्दो प्रयास गरिरहेको छ ।’

पछिल्लो समय सबैभन्दा धेरै १० हजार ७ सय ८३ को पीसिआर गर्दा २२४ पोजेटिभ देखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै