काठमाडौँ, २७ साउन । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ भने चाँदीको ४० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ११ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी मूल्य भने बढेर प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।