ट्रम्पले पत्रकार सम्मेलन गरिरहँदा ह्वाइटहाउस बाहिर गोली चल्यो

एजेन्सी, २७ साउन । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित पत्रकार सम्मेलन गरिरहँदा बाहिर गोली चलेको हो ।

सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका बेला गोली चलेपछि सुरक्षाकर्मीले ट्रम्पलाई भित्र लगेका थिए । केही बेरपछि बाहिर आएर ‘स्थिति नियन्त्रणमा छ’ भन्दै उनले पत्रकार सम्मेलन जारी राखेका थिए। पत्रकार सम्मेलन छाडेर भित्र गएको नौ मिनेटपछि ट्रम्प पुनः सम्मेलनस्थल फर्केका थिए ।

अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो आफूलाई लागेको उनले बताए । उक्त घटना उनीप्रति लक्षित भए वा नभएको बारे आफूलाई जानकारी नभएको ट्रम्पले बताए ।

उनका अनुसार उक्त घटनापछि कसैलाई अस्पताल लगिएको छ। ट्रम्पले यो असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक ढङ्गले गर्ने कामको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021