विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाग्यो

एजेन्सी, २७ साउन । विश्वमा कोरोना कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ ।

कोरोनाको महामारीले पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड २ लाख ४४ हजार ६०१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३४२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३८ हजार ६०५ पुगेको छ ।

१ करोड ३१ लाख ६ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार ३९८ जनाको मृत्यु भएको छ

३० लाख ६४ हजार २४६ जना संक्रमित भएकोमा १८ लाख ३६ हजार ७६५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३६ हजार २०९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६१ लाख ८२ हजार ८८ पुगेको छ । त्यसमध्ये ३३ लाख २७ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ११ हजार ६ जनाको मृत्यु भएको छ । ५१ लाख २० हजार ९३९ जना संक्रमित भएकोमा ३८ लाख ७८ हजार ९५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६० हजार ९९४ जनाको मृत्यु भएको छ । ४७ लाख ९२ हजार १९९ जना संक्रमित भएकोमा ३३ लाख २ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २३ हजार ६४३ जनाको ज्यान गएको छ भने १० लाख ६१ हजार ९८ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ४७ हजार ४१४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३४० जनाको मृत्यु भएको छ । २३ हजार ३१० जना संक्रमित भएकोमा १३ हजार ८१५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ वैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाकुरले वर्तमान अवस्थामा गठबन्धनको सरकार निर्माण गर्न समर्थन वा सहयोग

काठमाडौँ, २८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न सोमबारै आह्वान भएको छ

काठमाडौँ, २८ वैशाख । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021