व्यापारीलाई पोस्ने ‘सेटिङ’: स्वार्थमा बढाइयो पानीको मूल्य

काठमाडाैँ, २७ साउन । सरकारले व्यापारीको स्वार्थ अनुसार मिलेमतोमा पिउने पानीको मूल्य बढाएको छ । बजारमा २५ देखि ३५ रुपैयाँमा बिक्री हुँदै आएको जारको पिउने पानीको मूल्य बढाएर ५० रुपैयाँ पु-याईएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई पोस्ने गरी ‘सेटिङ’मा एक जारमै १५देखि २० रुपैयाँ बढाएर मूल्य तोकेको छ । सरकारी निकायले नै मूल्य बढाएपछि व्यापारीलाई एक जार पानी ५० रुपैयाँमा बिक्री गर्ने बाटो खुलेको छ । बढेको पानीको मूल्य भदौ १० गतेदेखि लागू हुने गरी कायम गरिएको छ ।

प्रतिस्पर्धी बजारमा उपभोक्ताले कम मूल्यमा पानी उपभोग गरिरहेको अवस्थामा सरकारी निकायले नै मूल्य बढाई दिएपछि बजारमा कार्टेलिङ हुने सम्भावना बढेको छ । त्यसैगरी, बोतल पानीको अधिकत मूल्य १६ रुपैयाँ तोकेको छ ।

उद्योगीको स्वार्थमा सरकारले पानीको मूल्य बढाएर उपभोक्तामाथि खेलाँची गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमल्सिनाले बताए । ‘प्रतिस्पर्धी बजारमा पानीको मूल्य घट्ने अनुमान गरेका थियौं,’ अध्यक्ष तिमल्सिनाले भने, ‘सरकारले नै उपभोक्तालाई धोका दिएर मूल्य बढायो ।’ पानीको गुणस्तरमा ध्यान दिनुपर्नेमा मिलेमतोमा मूल्य बढाएको उनले आरोप लगाए । ‘बजार मूल्य भन्दा २० रुपैयाँ बढी मूल्य बढाइएको छ,’ उनले भने, ‘विभाग व्यापारीको साक्षी बस्यो ।’

अहिले पनि बजारमा बिक्री भएको पानीको गुणस्तरमाथि प्रश्न उठ्दै आएकोमा विभागले गुणस्तर कायम गर्नुको साटो उपभोक्तालाई मूल्य वृद्धिको उपहार दिएको छ । पानीको मूल्य बढाउन नेपाल बोटलर्स वाटर एसोसिएसनमा लविङ गर्दै आएको थियो । मूल्य बढाउने मिसन सफल भएको एक पानी उद्योगीले बताए । ‘मूल्य बढाउन विभाग र अधिकारकर्मीलाई लविङ गरेका थियौं,’ ती उद्योगीले भने, ‘मूल्य बढाउने योजना सफल भएको छ ।’ अब पानीमा मनग्य मुनाफा हुने नउले बताए । काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी छ । पानी आएपछि खपत कम हुने भएपछि मूल्य बढाउन लविङ गर्दै आएका थिए । याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021