धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक: राष्ट्रपति भण्डारी

काठमाडौँ, २७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा मनाईने विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउँदै राष्ट्रपतिले यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिनुहुँदै यस पर्वले धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘‘श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्री भावना जागृत गरी हामीबीचको भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी सबैमा शुभकामना प्रकट गर्दछु । द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न बासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।’’

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्णाष्टमीको मध्यरातमा भएको सम्झनामा आज उनको पूजाआराधना गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ । द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ वैशाख । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका