बोतलको प्रशोधित पानीको मूल्य घट्यो

काठमाडौँ, २६ साउन । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र तिरे पुग्ने भएको छ ।

वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलबन्द पानीको न्युनतम समर्थन मूल्य तोकेको छ । विभागद्धारा असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो ।

नयाँ मूल्य अनुसार एक जार प्रशोधित पिउने पानीको अधिकतम् खुद्रा मूल्य ५० र बोतलको मूल्य १६ रुपैयाँ तोकिएको हो । विभागले तोकेको नयाँ मूल्य भदौबाट लागु हुने विभागका निर्देशक एवम अध्ययन कार्यदलका संयोजक सागर मिश्रले जानकारी दिए ।

प्रशोधित पानी प्रतिजार डिस्ट्रीब्यूटर मूल्य ३५ रुपैयाँ तोकिएको छ । प्रशोधित पानी १ लिटर बोटल प्रति कार्टुनको डिस्ट्रीब्यूटर मूल्य भने १ सय ३० प्रतिकार्टुन कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

  काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवसकाे अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले एक

काठमाडौँ, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवस । देशभर विविध कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । सार्वभौम

काठमाडौँ, २ असोज । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरोबाट जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडीतहरुको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण