कार्यालय प्रमुख घुससहित पक्राउ

काठमाडौँ, २६ साउन । नेपाल खानेपानी संस्थानको बुटवलस्थित कार्यालयका प्रमुख  इन्जिनियर सन्तोष साह घुुससहित पक्राउ परेका छन् ।

खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुबाट घुस रकम उठाएर काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले साहलाई नियन्त्रणमा लिएको हो ।

आइतबार संस्थानको लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा धादिङको धुनिवेसी नगरपालिका वडा नम्बर ८ स्थित खानीखोलाबाट उनी पक्राउ परेका हुन् ।

गाडी चेक जाँच गर्ने क्रममा निजको साथबाट श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र  बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख बाइस हजार बराबरको रकम फेला परेको र लगत्तै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021