१७ वर्षीया गर्भवतीको हवाई उद्धार

काठमाडौँ, २६ साउन । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवती सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरिएको छ ।

सुत्केरी व्यथा लागेर सो स्थानकी लक्ष्मी गुरुङलाई सुरूमा भिमगिठे स्वास्थ्यचौकी लगिएको थियो । नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर  शिशुको हात बाहिर निस्केका कारण सो स्वास्थ्यचौकीले सुत्केरी गराउन सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङलाई रिफर गरेको थियो ।

बुर्तिवाङमा पनि सुत्केरी हुन नसकेपछि उनीलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका चूणामणि कँडेलले जानकारी दिए ।

गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट उद्धार गरिएको हो । गर्भवतीको साल पहिलै निस्कदा शिशुको ज्यान जोखिममा पर्ने भएकाले तत्कालै उद्धारको आवश्यकता पर्ने धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सौगात कोइराला जानकारी दिए ।

उनका अनुसार यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया गरेर शिशु निकाल्नुपर्ने हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021