भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति मुख्यमन्त्री पोखरेलको कडा आपत्ति

shankar-pokharel

काठमाडौँ, २६ साउन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतका विदेशमन्त्री एस. जयशंकरको वुद्धका बारेमा दिएको अभिव्यक्ति प्रति कडा रुपमा खण्डन गर्नुभएको छ ।

केही दिन अघि भारतीय विदेशमन्त्री शंकरले बुद्ध भारतमा जन्मिएका साथै भारतीय भएको अभिव्यक्ति दिएका थिए । उक्त कुरालाई कडा रुपमा खण्डन गर्दै मुख्यमन्त्री पोखरेलले बुद्ध नेपालमा जन्मेका हुन भन्ने विश्व समुदाय नै जानकार रहेको उल्लेख गर्नुभयो ।

भारतले नेपालको धर्म, संस्कृति, रीतिरिवाज, परम्परालगायतका क्षेत्रहरुमा पटक पटक आक्रमण गर्ने गरेको छ । यसै क्रममा बुद्धलाई भारतीयकरण गर्न खोज्नु खेदजनक रहेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘वुद्धलाई भारतीयकरण गर्ने भारतका विदेशमन्त्री एस।जयशंकरको कोशिस खेदजनक छ । वुद्धको जन्मस्थल लुम्विनी विश्व समुदायमा सर्वस्विकार्य छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021