भक्तपुरमा एउटै परिवारका तीन जनामा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । भक्तपुरमा २२ महिने बालकसहित एकै परिवारका तीन जनामा कोरोना पुष्टि भएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ खापी घर भएका नक्सालमा कार्यरत प्रहरी जावनलाई यही साउन १९ गते कोरोना पुष्टि भएको थियो ।

सोही प्रहरी जवानका २८ वर्षीया श्रीमती र २२ महिने बालकमााई समेत कोरोना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए ।

उक्त बालकको हात भाँचिएपछि उपचारको लागी भक्तपुर सल्लाघारीस्थित ईवामुरा अस्पताल रेफर गरिएको थियो । सोही क्रममा उपचार अघि बालकको स्वाव परीक्षणका लागि पठाएको रिपोर्टमा आमा र बालक दुवैमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले शनिवार पुष्टि गरेको थियो ।

संक्रमितहरु बसोवास गर्ने सिपाडोल वडा नम्वर ८ खापी क्षेत्रमा सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021