पर्सामा थप ७५ जनामा कोरोना पुष्टि

वीरगञ्ज, २५ साउन । पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् । कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, आफैं कोरोना जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ४ जना, जिल्ला प्रहरी कार्यालयका ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी ज्वरो, रुघा, खोकीको लक्षण देखिएका ९ जना, पर्सागढी नगरपालिकाका ३ जना, नारायणी अस्पतालका कर्मचारी ३ जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021