अमेरिकामा कोरोना संक्रमितको संख्या ४७ लाख ६४ हजार नाग्यो

एजेन्सी, १८ साउन । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ६४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५८ हजार ४१६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४७ लाख ६४ हजार ३०५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५७ हजार ८९८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २३ लाख ६२ हजार ८२० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २२ लाख ४३ हजार ५८७ जनामध्ये १८ हजार ७२० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका