विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८० लाख नाग्यो

एजेन्सी, १८ साउन । विश्वभर एकै दिन २ लाख ४६ हजार ५६६ जना कोरोना संक्रमित  थपिएका छन् ।

योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ८ हजार ८४९ पुगेको हो । कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । आइतबार बिहानसम्म १ करोड १३ लाख १८ हजार ८५२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

यस्तै एकै दिन ५ हजार ३८६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८८ हजार ५९१ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ५९८ जनाको मृत्यु भएको छ ।

 २८ लाख ८५ हजार ५६७ जना संक्रमित भएकोमा १७ लाख ४१ हजार ९४८ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २१ हजार ३१२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५५ लाख ९८ हजार ३०२ पुगेको छ । त्यसमध्ये २८ लाख ९४ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९८ हजार ७७ जनाको मृत्यु भएको छ । ४३ लाख ७४ हजार १४५ जना संक्रमित भएकोमा ३२ लाख ३७ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४५ हजार ३४५ जनाको मृत्यु भएको छ । ४१ लाख ८२ हजार ४११ जना संक्रमित भएकोमा २८ लाख ३१ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार १८ जनाको ज्यान गएको छ भने ९ लाख ४८ हजार ६८७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ६ हजार ३२० जना संक्रमणमुक्त भएका छन् । अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २२६ जनाको मृत्यु भएको छ । १९ हजार ६१ जना संक्रमित भएकोमा ११ हजार ८५६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै नेपालमा संक्रमितको संख्या २० हजर ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १४ हजार ४ सय ९२ जना रहेको छ भने मृत्यु हुनेको संख्या ५६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खोजकर्ता, सोधकर्ता तथा वैज्ञानिकहरूका लागि यो ज्ञानको वास्तविक स्रोत रहेको उल्लेख

काठमाडौँ, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको

काठमाडौँ, १४ असोज । थप १५ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना

काठमाडौँ, १४ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन् । राज्य व्यवस्था तथा