काठमाडौँ, १७ साउन । थप ३१५ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २० हजर ८६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । यस्तै बझाङका ६८ जना, पर्साका ६६ जना, अछामका २८ जना, इलामका २२ जना, कञ्चनपुरका ९ जना र सप्तरीका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एकएक जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आजसम्म घर फर्किनेको संख्या १४ हजार ४ सय ९२ जना रहेको छ भने मृत्यु हुनेको संख्या ५६ जना पुगेको छ ।