ट्रकभित्रै सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

रौतहट, १७ साउन । रौतहटमा युवतीलाई सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित तीन जनालाई  प्रहरीले पक्राउ  गरेको छ ।

चितवनको गैँडाटारबाट भुस लिन फतुवा विजयपुर नगरपालिका बरगिनियाचौक गएको ना २ ख ६७४६ नम्बरको ट्रकमा २१ वर्षीय युवती बलात्कृत भएको सूचनाको आधारमा चालक र दुुईजना सहचालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा १ का ट्रक चालक वर्ष २९ का बिष्णु प्रसाद रानाभाट, सोहीठाँउका सहचालकहरु वर्ष १८ का बिनोद रानाभाट र वर्ष १९ का केशर मगर रहेको साहले जानकारी दिए ।

गत बिहीबार बाराको पथलैयामा बाटोमा अलपत्र परेकी ती युवतीलाई घर पुर्याईदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए।  बरगिनिया चौक पुगेपछि युवतीलाई बन्धक बनाउँदै उनीहरुले ट्रकभित्रै बलात्कार गरेका थिए भने पिडितले रोई कराई गर्दा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

पीडित युवतीको हिजोसाँझ स्वास्थजाँच भइसकेको छ । आरोपी तिनैजना उपर जबरजस्ती करणी सम्बम्धी मुद्धा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्याद समेत थमाईएको र ट्रक समेत नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । बाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । आज सभामुख सानुकुमार श्रेष्ठले दिउँसो एक बजे प्रदेशसभा बैठक

काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको

काठमाडौँ, ९ माघ । वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष

काठमाडौँ, ९ माघ । उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ ।