कञ्चनपुर, १७ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएराति अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको र उनका श्रीमान ६२ वर्षीय घनश्याम धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते भएका घनश्यामलाई उपचारका लागि धनगढी पठाइएको छ । प्रहरीका अनुसार घटना खाती परिवारको घरमै मध्यरातमा भएको थियो । हत्यामा संलग्नको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।