बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा

बारा, १६ साउन । जिल्ला प्रशासन कार्यालय बाराले साउन १८ गते आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

आज भएको जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको महामारीलाई ख्याल गर्दै कलैया, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, सिम्रौनगढ नगरपालिका, बरियारपुर र वीरगञ्ज–पथलैयासहितका क्षेत्रमा सवारी साधन सञ्चालन गर्न र हिँडडुल गर्न नपाउने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अटेर गरेर घरबाहिर निस्कनेलाई सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

कोरोना महामारीको जोखिम बढ्दै गएको र सर्वसाधारणले सावधानी नअपनाएका कारण  निषेधाज्ञा जारी गर्नु परेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन्

काठमाडौँ, २८ भदौ । जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । न्यूयोर्कमा भएको

एजेन्सी, २४ भदौ  ।  पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि

एजेन्सी, २३ भदौ । फ्रान्सेली स्टार खेलाडी केलियन एम्बाप्पेमा कोरोना संक्रमण पुष्टि भएको छ । यूईएफए नेसन्स लिग अन्तर्गत स्विडेनसँगको