अब विमानस्थलमा आउने पर्यटक र नेपाली नागरिकले नयाँ अनुभूति गर्न पाउँछन्ः मन्त्री भट्टराई

काठमाडौँ, १६ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताउनुभएको छ । सुविधासम्पन्न विमानस्थथल सञ्चालनमा आएसँगै सरकारले केही काम गरेन भन्नेलाई कडा जवाफ हुने भएको छ ।

शुक्रबार विमानस्थलको निरीक्षण गरेका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेको जानकारी गराउँदै नयाँ सेवा सूविधासहित विमानस्थल सञ्चालनमा आउने बताउनुभयो । कोभिड १९ का कारण ४ महिनासम्म विमानस्थल बन्द रहँदा धेरै पूर्वाधारहरु निर्माण भएको उहाँले बताउनुभयो । विमानस्थलको धावनमार्ग ३ सय मिटर बढाइएकाले अब अवतरण र उडान दुवैमा थप सुरक्षा कायम हुने बताउँदै उहाँले १५ सय क्षमताको प्रस्थान हल निर्माण गर्ने कार्य पनि सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।

लकडाउनको अवधिमा विमानस्थलमा पार्किङ स्थलहरु पनि थपिएका छन् । जसले गर्दा आकासमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई केही हदसम्म कम गर्ने विश्वास समेत गरिएको छ । त्यस्तै विमानस्थलमा लगेज बेल्टहरु पनि थपिएका छन् ।

यस्तै समानान्तर ट्याक्सी वे निर्माण गर्ने, थप २२/२३ वटा जहाज पार्किङस्थल निर्माण गर्ने र नयाँ टर्मिनल भवनहरु निर्माण गरिने समेत जानकारी गराउँदै मन्त्री भट्टराईले अराइभल हलको निर्माण कार्यपनि सम्पन्न भइसकेको बताउनुभयो ।

सरकारले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । त्यसैले विमानस्थलको अवस्था निरिक्षण गर्न मन्त्री भट्टराई विमानस्थल पुगेका हुन् । उहाँले भौतिक दुरी कायम गरी विमानस्थल सञ्चालन गर्ने सम्बन्धमा आवस्यक तयारी पुरा गर्न विमानस्थल प्रशासनलाई निर्देशन दिएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय