दागाचामा धां बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न

भक्तपुर १६ साउन । राम चन्द्र प्रजापति । दागाचा युवा समुहका अध्यक्ष एवं धां बाजा प्रशिक्षणका संयोजक नारायण प्रसाद कवांको सभापतित्वमा धां बाजा प्रशिक्षण कार्यक्रममा सम्पन्न भयो ।

कार्यक्रमका सूर्यविनायक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष किरण थापाले जन्म थलो भक्तपुर नगरपालिका भएता पनि कर्म थलो सुनपा ८ दगाचा भएकोले यस क्षेत्रमा सांस्कृतिक बाजागाजा प्रशिक्षण दिनु अत्यन्तै सह्रानिय भएको बताउनु भयो।सुनपा पर्यटन विकास समृद्धि सुखी नेपाल बनाउन बाजागाजाको महत्वपूर्ण रहेको बताउनुभयो ।

यस क्षेत्रमा नेवा बस्ती रहेकोले वडामा भएका बासुरी, धिम्मे, धां लगाएत बाजाको ऐतिहासिक महत्वपूर्ण भुमिका रहेको र त्यसलाई व्यस्थित गर्न समय अनुसार व्यवसायिक रुपमा अगाडी बढनु पर्ने जोड दिनुभयो । कार्यक्रममा दागाचा खानेपानीका अध्यक्ष राजाराम न्हिसुतुले धां बाजा प्रशिक्षण कार्यक्रम प्रशिक्षण प्रशिक्षणमा मात्र सिमित नभइ व्यवहारी र व्यवसायी हुनु पर्ने बताउनुभयो । कार्यक्रम संचालक पुन्यराम भेले, प्रशिक्षक श्रीभक्त सुवाल,दागाचा टोल सुधार समितिका अध्यक्ष प्रेम वहादुर माक,लगाएतले धां बाजा प्रशिक्षण निरन्तर प्रशिक्षण संचालन गर्न सकोस भनी शुभकामना दिनुभयो ।

धां बाजा प्रशिक्षण तीन महिनाको प्रशिक्षण संचलान हुने उक्त प्रशिक्षणमा प्रशिक्षार्थीहरु २५ जना सहभागी रहने आयोजक समितिका सदस्य सिताराम माकले जानकारी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय