काठमाडौँबाट नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौँ, १६ साउन । काठमाडौँको शान्तिनगरबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले आज स्याङजाको चापाकोट नगरपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरस्थित नोगेन्द्र कान्छा चोकमा स्टेशनरी पसल सञ्चालन गर्दै आइरहेका ३८ वर्षीय नारायण पौडेललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको साथबाट नक्कली नोट प्रिन्ट गर्ने एक थान प्रिन्टर, सक्कली एक हजारको नोट र फोटोकपी गरी तयार पारिएका १० थान एक हजारको नक्कली नोट बरामद भएको छ थप पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको

काठमाडौँ, ३ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कुलमान घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति

  काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस  तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष