मन्त्री खतिवडाद्वारा ‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक  

काठमाडौँ, १६ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक गरेका छन ।

उद्योगपति स्किलिङ इकोसिस्टम सरोकारवाला, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिको भेलाबीच ‘रोजगारी सर्भिस प्रालि र यूकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सिप)को पहलमा भर्चुअलको माध्यमबाट आयोजित कार्यक्रममा मन्त्री खतिवडाले उक्त अभियान सार्वजनिक गरेका हुन ।

सो अभियान सार्वजनिक गर्दै मन्त्री खतिवडाले यो अभियान बेरोजगार युवाका लागि महत्वपूर्ण हुने बताउदै उनले भने, ‘म विश्वस्त छु कि यस्ता बजार नेतृत्व स्किलिङ पहलले गति लिन पाउनेछन र सफलतापूर्वक सरकार, निजी क्षेत्र, नागरिक समाजबीच परिकल्पना गरिएको सहकार्य निर्माण गर्नेछ ।’

रोजगारी सिर्जना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण रहेको र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीति ल्याइरहेको भन्दै मन्त्री खतिवडाले यसले उज्ज्वल आर्थिक भविष्यलाई सक्षम बनाउन सहयोग पुग्ने समेत विश्वास व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

काठमाडौँ, ९ असोज । सरकारले तेजाब बिक्री नियमन गर्न अध्यादेशमार्फत नया कानून ल्याएको छ । मन्त्रिपरिषद्‍बाट पारित भई राष्ट्रपतिले जारी गर्न लागेको

काठमाडौँ, ९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु

काठमाडौँ, ९ असोज । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त