पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

ललितपुर, १६ साउन । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाका अनुसार आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ : १५ बजे मृत्यु भएको हो । ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो ।

उनी हालसालै वीरगञ्जबाट आएकी थिइन् । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । शिवपुरी गाउँपालिका आफैंले ८ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोभिड १९ का बिरामी राख्नका

काठमाडौँ, १५ असोज । कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन

काठमाडौँ, १५ असोज । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा

काठमाडौँ, १४ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल तथा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत Saeed Hamdan Al-Naqbi ले