मोरङमा गोली चल्यो

विराटनगर, १६ साउन । मोरङको बुढीगंगा गाँउपालिकामा लागूऔषध कारोबार भईरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीलाई आक्रमण गर्दा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

बिहीबार राति करिब ९ बजे बुढीगंगा गाँउपालिका वडा नं. १ करैया वस्तिमा सादा पोशाकमा गएका प्रहरीलाई करिब १ सय ५० जना स्थानीयले आक्रमण गरेका थिए । सोही क्रममा प्रहरीलाई आक्रमण गर्ने ५ जना कारोबारीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । स्थानीयले आक्रमण थालेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो ।

सो घटनामा तीन जना प्रहरी घाइते भएका छन् । उनीहरु मध्ये दुई जना सामान्य उपचार पछि घर फर्केको र एक जनाको बुढीगंगा गाँउपालिका स्थित विराट मेडिकल कलेजमा उपचार भइहेरको प्रहरीले जनाएको छ ।

लागूऔषध कारोबारीमा संलग्न पक्राउ पर्नेहरुमा बुढीगंगा गाँउपालिका वडा नं. १ का बलराम ऋषिदेव, विरेन ऋषिदेव, चन्देश्वर ऋषिदेव, देवनारायण ऋषिदेव र महादेव ऋषिदेव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै

काठमाडौँ, ३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृत्यु

काठमाडौँ, २ असोज । साउदीमा रहेका १ हजार १ नेपालीले बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये

काठमाडौँ, २ असोज । भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी