जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

स्याङ्जा, १६ साउन । स्याङ्जाको वालिङ नगरपालिकामा बिहीबार बेलुकी जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका-१३ बाँयटारिबाट वडा नम्बर १२ को सिर्सेकोट मैदानतर्फ जाँदै गरेको ग १ ज ७४७१ नम्बरको जीप वालिङ-१२ को लामपाते नजिकै जैरामेमा दुर्घटना हुँदा सह-चालक १४ वर्षीय सुदिप गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका वालिङ-१२ कि ३० वर्षीया तिलकुमारी गुरुङ र ६५ वर्षीया तिलकुमारी थापाको पोखरामा उपचार भइरहेको छ ।

दुर्घटनामा परेर सामान्य घाइते भएका ३३ वर्षीया ममता गुरुङ, २८ वर्षीया प्रमिला गुरुङ र ४५ वर्षीया मनमाया गुरुङको ग्रहौं प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप ग्रामिण सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना