भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ४० हजार पुग्याे

एजेन्सी, १६ साउन । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनै बृद्धि हुँदै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमण भएको पाइएकाे छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो ।

अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ४० हजार पुगेकाे छ । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ३५ हजार ७ सय ८६ पुगेकाे छ । बिहीबार मात्रै त्यहाँ ७ सय ८३ जनाकाे मृत्यु भएकाे छ ।

अहिले भातरमा ५ लाख ४४ हजार बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १० लाख ५९ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी