ओली नेतृत्वको सरकारलाई ५ वर्ष नै निरन्तरता दिएर ईतिहास र अस्थिरताको ‘ब्रेक-थ्रु’ गर्नुपर्छः मन्त्री भट्ट

काठमाडौँ, १५ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक-थ्रु’ हुनुपर्ने बताउनुभएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीलाई हटाउन नहुने स्पष्ट पार्नुभएको छ । उहाँले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ । पार्टी भनेको सबै हो । अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन् । सबै एकै ठाउँमा आउनुहुन्छ । सहमति हुन्छ । सहमतिको विकल्प छैन् । आफ्नो पार्टीका नेताहरूको कल्चर नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिलेपनि सहमति हुने उनको दाबी छ । उहाँले भन्नुभयो, ‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो ।’

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशनपनि सहमतिकै आधारमा सम्पन्न गरिने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो,‘हामी महाधिवेशनबाट नेतृत्वपनि सहमतिमै टुँगो लगाउँछौं । म दुवै अध्यक्षको क्याम्पमा छु । दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ । यदि मैले दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्छ । र, सहमतिकै साथ अघि बढ्नुपर्छ भन्दा धोका दिएको हुन्छ भने धोका दिएकै सही । तर, म एकताको पक्षमा छु । पार्टी एकतालाई सुदृढ बनाउनुपर्छ भन्ने नै मेरो लाईन हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । सभापति

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । बिनअक्सीजन १०