फरार ५ अभियुक्त पक्राउ

बुटवल, १५ साउन । पाल्पा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न मुद्दामा कैद भुक्तान नगरी फरारको सूचिमा रहेका ५ जनालाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीकाअनुसार  अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भएपछि फरार रहेका तिनाउ गाउँपालिका सोही गाउँपालिका  ५५ वर्षीय मानबहादुर लम्तरी, २६ वर्षका दिपक लम्साल र माथागढी गाउँपालिका वडा नं. ३ बस्ने ४५ वर्षका रवि काफ्ले रहेका छन् ।

त्यस्तै बगनासकाली गाउँपालिका वडा नं.७ बस्ने २९ वर्षका सुरजबहादुर कनौजे भने सावर्जनजकि अपराध सम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए भने वडा नं. ३ का ४५ वर्षीय पदमबहादुर रायमाझी बुहविवाह मुद्दामा दोषी ठहर भएका थिए । जिल्ला प्रहरी कार्यायले फरार अभियुक्तलाई पक्राउ गरी कैद भुक्तान तथा सजायका लागि अदालतमा बुझाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ फिल्म ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै

काठमाडौँ, २ बैशाख । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले देशैभर आक्रामक व्यापार गरेको छ । शुक्रबार र शनिबार फिल्मले

काठमाडौँ, २ बैशाख । फिल्म ‘द रेड सुट्केस’ पछिल्लो समय बलियो ‘वर्ड अफ माउथ’ पाउने फिल्म बनेको छ । नयाँ

मुम्बई, २ बैशाख । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आज बिहान ५ बजे मोटरसाइकलमा