मालवाहक कन्टेनर त्रिशूलीमा खस्यो 

चितवन, १५ साउन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  ना ३ ख ८९८७ नम्बरको कन्टेनर  र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो ।

ट्रकका चालक भने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार उनको स्थानीय मेडिकलमा उपचार र कन्टेनरमा भाटभटेनी सुपरमार्केटको सामान रहेको जनाइएको छ ।

बेपत्ता कन्टेनरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । 

काठमाडौँ, ९ असोज । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा थप एक जना कोरोना सङक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका

आज २०७७ असोज ९ गते शुक्रबार । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज एउटै कामबाट दोहोरो

सुर्खेत, ८ असोज । पछिल्लो २४ घण्टामा कैदीबन्दी र स्वास्थ्यकर्मीसहित कर्णालीमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको