करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट, १५ साउन । रौतहटमा ३३ केभी प्रसारण लाइनको तार चुडिएर करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।

करेन्ट लागेर गौर-४ की ७० वर्षीय शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काट्ने क्रममा करेन्टको चपेटामा परेकी थिइन् । सोही स्थानमा करेन्ट लागेर दुई साँढेको समेत मृत्य भएको छ ।

गौर-चन्द्रपुर जोड्ने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसेको थियो । स्थानीयवासीका अनुसार उनीहरुले नेपाल विद्युत प्राधिकरणको गौर शाखा र सबगढामा रहेको सबस्टेशनमा समेत फोन गरेर जानकारी दिन खोजेका थिए । पटक-पटक फोन गर्दा पनि दुवै कार्यालयको फोन कसैले नउठाउँदा महिलालाई करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण मृत्यु भएको भन्दै स्थानीयले लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्