खेलकुद क्षेत्रका अब्बल: युवा, खेलाडी र विद्यार्थी माझ चर्चित ‘ऋषि गिरी’

काठमाडौँ, १४ साउन । केन्द्रमा राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्ति भएसँगै कर्णालीमा पनि कर्णाली खेलकुद परिषद्को सदस्यसचिव को हुने भनेर चर्चा चल्न थालेको छ । उक्त पदको लागि तीन जनाको नाम अगाडि आएको छ । जसमध्ये ऋषि गिरी अरुभन्दा अब्बल छन् भन्ने धेरैको धारणा आएको छ ।

उनको खेलकुदक्षेत्रमा गरेको योगदान, राष्ट्रिय खेलाडीको अनुभव साथै खेलकुद विकासको नीति निर्माण, सिस्टम (प्रक्रिया) विकासदेखि सहि योजनाको तर्जुमा अनि व्यवस्थापकीय क्षमता अरुभन्दा ऋषि गिरमा बढी पाइन्छ । कणालि खेलकुद परिषदको सदस्यसचिवको लागि उपयुक्त व्यक्ति हुन् भन्ने धेरैको बुझाइ छ र सामाजिक सञ्जालमा पनि त्यहीँ किसिमको प्रतिक्रियाहरु आएको देखिन्छ । केहि खेल खेलेको मात्र अनुभव भएका रबिन्द्र चन्द र खेलकुदको क्षेत्रमा अनुभब नै नभएका र खेल ब्यवस्थापनको अनुभव भएको भनिएका घनश्याम पाण्डे भन्दा ऋषि गिरी अब्बल रहेको जानकारहरु बताउँछन् ।

सामाजिक विकास मन्त्रालयले मन्त्रालयका तत्कालीन निमित्त सचिव विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा विश्वप्रशिद्ध धावक हरिबहादुर रोकाया र भलिबल खेलाडी एवं सुर्खेत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिले कर्णाली प्रदेशका १० जिल्लाबाट संकलित नाममध्ये तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले एक जनालाई सदस्य सचिवमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ ।

‘कर्णाली प्रदेश खेलकुद विकास ऐन’मा परिषदको कार्यकारी प्रमुखको रुपमा एकजना सदस्य सचिव रहने प्रावधान छ । उक्त पदको लागि स्नातक तह उत्तीर्ण भई खेलकुदको क्षेत्रमा अनुभवप्राप्त भएको हुनुपर्ने योग्यता तोकिएको छ । समग्र कर्णाली खेल क्षेत्रको विकास गर्न खेलकूदको अनुभव र सामान्य ब्यवस्थापनको अनुभवले मात्र सम्भब छैन । यहाँ कुरा आँउछ कर्णालीको पुरा खेलकुद सिस्टम र विधिको कार्यान्वयन मानौ जुम्ला जिल्लाको कुडारी गाउँको एउटा १४ बर्षको बालक मोजामा पराल र कपडाका टुक्रा राखेर फुटबल बनाई खेल्छ भने अबको ५/६ वर्षपछि राष्ट्रिय खेलाडी बनाउने उद्देश्य र सोच लीई कार्यान्वयन गर्न सक्ने खेलकुद ब्यवस्थापनको लिडरमा हुनुपर्छ जो गिरीसँग भएको खेलकुद क्षेत्रका अगुवा बताउँछन् । यो संगै कर्णालीका १० जिल्लाको खेलकुदको समन्वय, विस्तार, संजालिकरण, ब्यवस्थापन, उत्प्रेरणा, विधिको कार्यान्वय, जनशक्ति परिचालन साथै योजना निर्माण र विधिको कार्यान्वयन सबै पक्षमा दक्खल राख्न्ने पात्र हुन् ऋषि गिरी ।

गिरी जिल्ला खेलकुद विकास समिति सुर्खेतका पूर्वअध्यक्ष हुन । उनी दुईपटक जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष भइसकेका छन् यसकारण उनीसँग पर्याप्त व्यवस्थापकीय र समन्वय गर्ने क्षमता छ भन्ने कुरा पुष्टि हुन्छ यतिमात्र नभएर उनी सुर्खेत जिल्ला फुटबल संघको पूर्व उपाध्यक्ष पनि हुन् साथै उनी एक कुशल फुटबलर पनि हुन् जसले राष्ट्रिय खेल समेत खेलिसकेका छन् । खेल संगै सामाजिक क्षेत्रमा लामो अनुभ । भएका उनी युवाको विकास, दिगो खेलक्षेत्रका भिजन दिनसक्ने व्यक्तिको रुपमा परिचित छन् ।

गिरी नेपाल कम्युनिष्ट पार्टी सुर्खेतको जिल्ला कमिटी सदस्य पनि हुन् जसले उनमा नेतृत्वदायी क्षमता पनि राम्रो छ भन्ने प्रमाणित हुन्छ । साथै गिरी अनेरास्ववियु सुर्खेतका पुर्बअध्यक्ष पनि हुन । उनी खेलाडीका बीच मात्र नभएर उनी समग्र युवा, खेलाडी र विद्यार्थी माझ पनि निकै चर्चित देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा