मोरङ, १४ साउन । मोरङमा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुढीगंगा गाउँपालिका-३ बाँसबारी चोकस्थित गुप्ता होटल र मिष्ठान पसल अगाडि टेन्ट लगाउने क्रममा विद्युत प्राधिकरणको हाइटेन्सन लाइनमा छुन पुग्दा विराटनगर महानगरपालिका-११ बस्ने ३६ वर्षीय गोपाल कामतको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।