प्रहरीमाथि दुर्व्यवहार गर्ने नौजना चालक पक्राउ

मकवानपुर, १४ साउन । हेटौंडा उपमहानगरपालिका १५ मा रहेको रातोमाटे चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने नौजना चालक तथा सह-चालक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बा.१५च ६२३ नम्बरको पिकअप गाडीका चालक ४२ वर्षीय कर्म थापा, बा.८च ४३४ नम्बरको पिकअप गाडीका चालक ३० वर्षीय उमाशंकर साह, सह-चालक १८ वर्षीय किशोर साह, ना.१ज ८६२३ नम्बरको सुमो चालक २३ वर्षीय महमद सदरे आलम, ना.४च ५९४१ नम्बरको पिकअप गाडीका चालक २१ वर्षीय नीतेशकुमार झा, प्रदेश ३-०१-००५ ख ९२४५ नम्बर बसका ३५ वर्षीय उमेश कुश्वार छन् ।

यस्तै ना.५ख ३५१५ नम्बरको ट्रकका चालक ४० वर्षीय बिर्खबहादुर यसमाली, ना.४च २३४० नम्बरको पिकअप गाडीका चालक २७ वर्षीय प्रमोद मुखिया र ग.१ख ९७१७ नम्बरको बसका चालक ३९ वर्षीय विनोद नेपाली छन् ।

उनीहरुले अत्यावश्यक सामग्री तथा पाठयपुस्तक ढुवानी लेखिएको टाटा पिक अप गाडीमा त्रिपालले छोपेर गाडीभित्र पास नभएका मानिस राखी ल्याउँदै गरेको चेकिङ टोलीले देखेपछि गाडी छाड्न भन्दै आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि सार्वजनिक हित र नैतिकताविरूद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक