जनैपूर्णिमामा घरघरमा पुगेर रक्षाबन्धन बाँध्न रोक

रुकुमपूर्व, १४ साउन । रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ ।

ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बान्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेताराम उपाध्यायले बताए ।

यही साउन १९ गते परेको रक्षाबन्धनको दिन कोही पनि ब्राह्मण धागो बाँध्नका लागि कसैको घरमा जान नपाइने निर्णय गरिएको हो । यसपालिको रक्षाबन्धनमा घरमै दिदीबहिनी, छोरीचेलीले दाइभाइलाई रक्षाबन्धन बाँध्न भनिएको छ । ज्योतिष परिषद्ले गरेको यो निर्णयको अटेरी गर्दै कोही कसैको घरमा गएर धागो बाँध्ने काम गरेमा उक्त व्यक्तिलाई २७ दिन क्वारेन्टिनमा राखिने परिषद्का अध्यक्ष उपाध्यायले बताए ।

जिल्लावासी सबैलाई यसपालिको रक्षाबन्धन घरमै धागो बानेर मनाउन आग्रह गरेको सिस्ने गाउँपालिका–६ का वडाध्यक्षसमेत रहेका परिषदका सदस्य सुधन रेग्मीले बताए ।

रक्षाबन्धन हिन्दू धर्मालम्बी मनाउने र भाइबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो । जिल्लाका तीनवटै गाउँपालिकाका ब्राह्मण समुदायका टोलीले छलफल गरी गरेको यस निर्णयलाई सबैलाई पालना गर्न आग्रह गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल

काठमाडौँ, ४ माघ । थप २ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३

काठमाडौँ, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई