कालीकोटमा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु

कालीकाेट, १४ साउन । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई परिवारका नाै जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

राति पहिरोले घर पुरिँदा वडा नम्बर ७ का सात जना र वडा नम्बर ४ का दुई जनाको ज्यान गएको हो । गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टका अनुसार वडा नम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६३ वर्षीया श्रीमती नैना, २३ वर्षीया बुहारी कुशा, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चना, आठ वर्षीय नाति रामबहादुर र ६ वर्षका चरित्र बुढाको ज्यान गएको हो ।

यस्तै वडा नम्बर ४ का ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उहाँ र उहाँकी ६५ वर्षीया श्रीमती मनाको ज्यान गएको छ । गाउँपालिकाका अरु ठाउँमा पनि पहिरो खसेको र उद्धारको काम भइरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना