विश्वमा कोरोना संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ८३ हजार नाग्यो

एजेन्सी, १४ साउन । विश्वभर १ करोड ६८ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ८३ हजार ६४५ पुगेको छ । निको हुने संक्रमितको संख्या १ करोड ४ लाख ४५ हजार ७६४ छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ६२ हजार ४७३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ६७ जनाको मृत्यु भएको छ । २८ लाख १५ हजार १६६ जना संक्रमित भएकोमा १६ लाख ८९ हजार ५८३ जना संक्रमणमुक्त भएका छन् । एसियाली मुलुकहरूमा ९२ हजार ७२१ जनाको मृत्यु भएको छ ।

४० लाख ४७ हजार २६० जना संक्रमित भएकोमा २९ लाख ३८ हजार ६४५ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३७ हजार २८८ जनाको मृत्यु भएको छ । ३८ लाख ५५ हजार ५९८ जना संक्रमित भएकोमा २६ लाख १० हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १८ हजार ४५० जनाको ज्यान गएको छ भने ८ लाख ७७ हजार ५९३ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख २७ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् । अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १८९ जनाको मृत्यु भएको छ । १७ हजार ३३ जना संक्रमित भएकोमा १० हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ । उनीहरुमध्ये १३ हजार ८७५ निको भएका छन् भने ४९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्