सीपीएल खेल्न जानुअघि सन्दीपले गराए कोरोना परीक्षण

काठमाडौँ, १३ साउन । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने तयारीमा रहेका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना परीक्षण गराएका छन् ।

सन्दीपले मंगलबार ललितपुर सानेपाको स्टार हस्पिटलमा स्वाब दिएका र उनको रिपोर्ट बुधबारसम्म आउने बताईएको छ । अगष्ट १९ देखि ट्रिनिडाड एण्ड टोबागोमा हुने सीपीएल २०२० मा सन्दीपले जमाइका तल्लावाहजबाट खेल्नेछन् । सीपीएल खेल्नुअघि दुई साता क्वारेन्टिनमा बस्नुपर्नेछ ।

सीपीएल खेल्न जानुअघि खेलाडीले आफ्नै देशमा कोरोना परीक्षण गरेर संक्रमण नभएको प्रमाण लिएर जानुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा