गौतमबुद्ध विमानस्थलका कार्यालय सहयोगी घुससहित पक्राउ

रुपन्देही, १३ साउन । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका कार्यालय सहयोगी चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र उनका सहयोगी महेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको हो

उनीहरुले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस मागेका थिए । पूर्वसूचना पाएलगत्तै घुस लिइरहेको ठाउँ सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको परिसरमा पुगेको आयोगको टोलीले दुवैजनालाई रङ्गेहात पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको