आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिकाे उद्दार

काठमाडौँ, १३ साउन । आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र प्रहरी प्रभाग, बसपार्कको टोलीले झापाको अनारमनी–४ घर भएका सुनिल अग्रवाललाई उद्दार गरेको हो ।

प्रहरीका अनुसार सोमबार बिहान साढे ११ बजे अग्रवालले फेसबुकमा अन्तिम पोष्ट लेखेको घोषणा गर्दै कसैलाई पनि नरिसाउन भनेका थिए ।

उनले भनेका छन, ‘मेरो अन्तिम इच्छा यही हो, कसैसँग केही गुनासो छैन । म आफैं हिम्मत हारिसकेको यो जुनीमा दुःख मात्र भोगेको सायद अर्को जुनीमा दुःख भोग्नु नपरोस्’,

यो पोष्टबारे थाहा पाउने वित्तिकै प्रहरीले उनको खोजी थालेको थियो । त्यसक्रममा उनी बसपार्कमा बिजी मल नजिकै रहेको पश्चिम लुम्बिनी गेस्ट हाउसको ३०१ नम्बर कोठामा बसेको खुलेको थियो ।

लगत्तै उनलाई उद्दार गरेर गोंगबु प्रहरीमा राखेर काउन्सिलिङ थालिएको थियो । त्यसक्रममा उनी डिप्रेसनको शिकार भएको पनि खुलेको थियो ।

प्रहरीका अनुसार अग्रवालको परिवारसँग राम्रो सम्बन्ध थिएन भने विगत ८ महिनादेखि उनी होटलमा बसिरहेका थिए । हाल उनलाई परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बागलुङ, ७ वैशाख । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४, खाडचौरका ३५ वर्षीय

काठमाडौँ, ७ वैशाख । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

काठमाडौँ, ७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै