विश्वमा कोरोनाबाट उपचारपछि घर फर्किने संख्या १ करोड २ लाख नाग्यो

एजेन्सी, १३ साउन । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या १ करोड २ लाख १८ हजार ५४५ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ६६ लाख २९ हजार ६५२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ६ लाख ५५ हजार ८७३ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा २१ लाख ३४ हजार ७८२ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १६ लाख ६७ हजार ६६७ जना, भारतमा ९ लाख ५३ हजार १८९, रसियामा ६ लाख ३ हजार ३२९ र चिलीमा ३ लाख १९ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ४४ लाख ३२ हजार ५५२ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा २४ लाख ४३ हजार ४८० जना, भारतमा १४ लाख ८२ हजार ५०३ जना, रसियामा ८ लाख १८ हजार १२० जना र दक्षिण अफ्रिकामा ४ लाख ५२ हजार ५२९ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ५० हजार ४२५ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ८७ हजार ६७९ जना, बेलायतमा ४५ हजार ७५९ जना, मेक्सिकोमा ४३ हजार ६८० जना र इटालीमा ३५ हजार ११२ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२  पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या १३ हजार ७ सय ५४ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या भने ४८ जना पुगेको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय