प्रधानमन्त्री ओलीद्वारा सिङ्गापुरका प्रधानमन्त्रीलाई बधाई ज्ञापन

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र सिङ्गापुरका प्रधानमन्त्रीमा लि सि एन लुङ पुनः निर्वाचित भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री लिलाई आज एक बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनको कार्यकालमा नेपाल–सिङ्गापुर सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत प्रधानमन्त्री ओलीले गरे ।

यसैगरी परराष्ट्र प्रदीपकुमार ज्ञवालीले सिङ्गापुरको विदेशमन्त्रीमा भिभिएन बालकृष्णनन् पुनः नियुक्त हुनु भएकामा बधाई ज्ञापन गरे । मन्त्री ज्ञवालीले आजै विदेशमन्त्री बालकृष्णनन्लाई बधाई सन्देश पठाउँदै गत वर्ष माल्दिभ्सको राजधानी मालेमा उनीसँग भएको भेटवार्ताको स्मरण गरे ।

श्री बालकृष्णनन्को कार्यकालमा नेपाल र सिङ्गापुरबीच विद्यमान मैत्री एवं सहयोगात्मक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

गलकोट, ५ बैशाख । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ ।  उनीहरुका

काठमाडौँ, ५ बैशाख । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को

बाँके, ५ बैशाख । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । लागु औषध

नेपालगञ्ज, ५ बैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष वार्डमा उपचाररत

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021