ठगी गरेको अभियोगमा चार जना पक्राउ

पर्वत, १२ साउन । नक्कली बहुमुल्य ढुङगा देखाई ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा फलेवास नगरपालिका-५ खानिगाउँ बस्ने ४० वर्षीय निर्मल विक, निज बिककी श्रीमती ३६ वर्षीया गुमा विक, जलजला गाउँपालिका-३ डेरा गरी बस्ने बागलुङ, बागलुङ नगरपालिका-१४ बलेवा घर भएका ३५ वर्षीय मञ्जिल शाह र म्याग्दी बेनी नगरपालिका-२ ज्यामरुक घर भई सोही नगरपालिका-७ हुलाकचोक डेरा गरी बस्ने २४ वर्षीय मनिष बोहोरा रहेका छन् ।

निर्मल विकले स्याङ्जा चापाकोट नगरपालिका(६ स्थायी घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका-८ सुख्खाटोल बस्ने देव बहादुर मल्ललाई आफूसँग बहुमूल्य ढुङगा छ भन्दै लोभ देखाई ५० हजार रुपैयाँ लिएर पत्नी गुमाको नाममा पर्वत जिल्लाको ठेगानामा पठाएको र उक्त ढुंगा नक्कली समेत भएको अनुसन्धानको क्रममा खुल्न आए पश्चात उक्त कार्यमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ व्यक्तिहरु उपर ठगी सम्बन्धी मुद्धा शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021