कालापानी, लिम्पियाधुरामा नेपाली नपठाउन भारतले लेख्यो पत्र (पत्रसहित)

काठमाडौँ, १२ साउन । भारतले गुन्जी, कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीहरू अवैध तरिकाले प्रवेश गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ ।

ती क्षेत्र भारतले आफ्नो दाबी गर्दै नेपालीको प्रवेशमा रोक लगाउन भारतको धार्चुलाका उप जिल्लाअधिकारी अनिलकुमार शुक्लाले जिप्रका दार्चुलालाई आग्रह गरेका हुन् ।

पत्रमा लेखिएको छ, ‘जसबाट मिडियाको ध्यानाकर्षण गर्न सकियोस्, जसले दुवै देशको प्रशासनलाई हैरानी हाेस्, ‘अनुरोध छ कि यस प्रकारको कुनै सूचना तपाईहरूलाई प्राप्त भएमा त्यसको जानकारी तत्काल दिने कष्ट गर्नुहोला ।’

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले टिङ्कर, छाङरूङ क्षेत्रमा सशस्त्र तथा नेपाली सेना पुगेदेखि चहलपहल बढेका कारण भारतले सशंकित भइ पत्र पठाएको हुनसक्ने बताएका छन् ।

अहिले टिङ्कर, छाङरूङ क्षेत्रमा सशस्त्र, नेपाली सेना पुगेको छ जसकारण चहलपहल पनि बढेको छ । उताको मिडियाले त्यसैलाई आधार बनाइ समाचारहरू लेखेपछि सशंकित भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।