धनगढी, १२ साउन । कैलालीमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार बिहान बर्दगोरिया गाउँपालिका १ बैनियामा ना ६ ख ३२४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा लम्कीचुहा नगरपालिकाका ६ पिपरकोटिकी २५ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको हो ।
घटनाको विरोधमा मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बौनियामा सडक अवरुद्ध छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।