बारा, ११ साउन । बारामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भाँडा पखाल्ने क्रममा धाराको मोटरबाट करेन्ट लागेर पचरौता नगरपालिका-२ बिसुनपुर बस्ने ४० वर्षीया ललिता देवी यादवको मृत्यु भएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।