काठमाडौँ, ११ साउन । थप १३० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज सबैभन्दा धेरै मोरङमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका २५, अछामका १४, काठमाडौं र इलामका ८/८ जना, बर्दियाका ६ र पर्साका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
कास्की, रोल्पा, सुर्खेत र बाजुरामा ३/३ जना, सुनसरी, महोत्तरी, नवलपुर, सोलुखुम्बु, गोरखा र बाँकेमा २/२ जना तथा झापा, सिराहा, उदयपुर, धनुषा, दाङ, नुवाकोट, रौतहट, मकवानपुर, बारा, रुपन्देही, अर्घाखाँची, जुम्ला र कञ्चनपुरमा एकएक जना संक्रमित थपिएका छन् ।
त्यस्तै मन्त्रालयका अनुसार आज ७५ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १३ हजार १ सय २८ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४५ जना पुगेको छ ।